आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 
वि.सं कार्तिक २९, २०८२ इ.सन् 15 Nov, 2025 शक संवत् १९४७ नेपाल संवत् ११४६ (कछलागा) सिद्धार्थी संवत्सर दक्षिणायन शरद ऋतु शनिबार मार्ग कृष्णपक्ष तिथि एकादशी, ०४:२८ बजेपछि द्वादशी नक्षत्र उत्तरफाल्गुनी, ०२:२२ बजेपछि हस्त योग वैधृति, १०:३५ बजेपछि विष्कम्भ करण वव, १६:०६ बजेपछि वालव, ०४:२८ बजेउप्रान्त कौलव चन्द्रराशि सिंह योग (आनन्दादि) उत्पात दिनमान १०:४४ सूर्योदय ६:२६ सूर्यास्त १७:१० दिन विशेष :  उत्पत्तिका एकादशी व्रत ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन उत्साहवर्धक रहनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। वित्तीय वा सहकारी मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) संताननको प्रगतिले मन प्रशन्न रहनेछ। कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। समाजमा प्रभाव बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक र वैचारिक मतभेद सुल्झिनेछ। राजनीतिक क्षेत्रमा जनबल बढ्नेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिताएको कार्य सम्पादन गर्न सकिनेछ। उच्चपदासीन व्यक्तिहरूको साथ मिल्नेछ। सेवामुलक कामबाट नाम र प्रतिष्ठा कमाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पारिवारिक जमघटको बीच रमाइलो भोजनको आनन्द मिल्ला। विश्वास पात्रबाट सहायता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। आफ्नो सोचलाई नयाँ दिशा दिने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। आलस्यले गर्दा अवसरको फाइदा उठाउन नसकिएला। असंयमित व्यवहारले परिवारमा अशान्तिको माहौल बन्न सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन्। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा अधिकारी वर्गहरु हजुरको कार्यशैलीबाट प्रभावित हुनेछन्। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व स्थापित गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। शिक्षाको क्षेत्र फराकिलो हुनुका साथै विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। सांस्कृतिक संघ समारोहमा सहभागी जनाउन सकिएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात लाग्ला। व्यापारमा पारदर्शिता राख्नुहोस्। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जीवनसाथीको सहयोगले व्यापारमा राम्रो लाभ आर्जन गर्न सकिनेछ । आफ्नो क्षमतामाथि विश्वास राखी अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सकिनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री