नेपाल प्रिमियर लिग–२ को ट्रफी सानिमा रिलायन्स लाइफमा प्रदर्शन

काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणअन्तर्गत सुरु गरिएको ट्रफी टुरअन्तर्गत ट्रफी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नक्सालस्थित प्रधान कार्यालयमा शुक्रबार प्रदर्शन गरिएको छ। क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) ले आयोजना गरेको NPL–२ मंसिर १ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। सानिमा रिलायन्स यस संस्करणको सह–प्रायोजक बनेको छ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको लोकप्रियता दैनिक रूपमा बढ्दै गएको उल्लेख गर्दै घरेलु क्रिकेटले उत्कृष्ट प्रतिभाहरू जन्माइरहेको बताए। उनले NPL ले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रभावकारी प्लेटफर्म बनेको र यसले देशको खेल क्षेत्रमा सकारात्मक सन्देश पुर्‍याइरहेको टिप्पणी गरे। दोस्रो संस्करणमा पनि सह–प्रायोजक बन्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको केडियाले बताए।

ट्रफीमा राखिएको सगरमाथाको कालापत्थर विशेष आकर्षण बनेको छ। निमा शेर्पा र मिङ्मा डेविड शेर्पाले सावधानीपूर्वक हिमालको आधार क्षेत्रबाट ल्याएको उक्त कालापत्थरले ट्रफीलाई ‘हिमालको मुटुसँग प्रत्यक्ष जोड’ दिने उद्देश्य राखिएको आयोजकले जनाएको छ। यस कार्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहयोग महत्वपूर्ण रहेको CAN ले जानकारी दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री