News desk

उपनिर्वाचनका लागि सरकारले दियो १० करोड

काठमाडौँ । उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । आउँदो वैशाख १५ गते हुने उप निर्वाचन हुँदैछ । निर्वाचन आयोगले पत्राचार गरेअनुसार १० करोड खर्च गर्न अनुमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । सुरक्षा निकायका निम्ति भने मन्त्रालयले बजेट नछुट्ट्याएको हो । वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’मा उपनिर्वाचन हुँदैछ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पूर्वमा बिहानैदेखि वर्षा, दिउँसो कहाँको मौसम कस्तो ?

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा केही भू-भागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ …

पुरा पढ्नुहॊस »

जुनसुकै कालखण्डको भ्रष्टाचार छानबिन गर्ने गठबन्धनको संकल्प (पूर्णपाठ)

काठमाडौं । पाँच दलीय गठबन्धन सरकारले ‘न्यूनतम् नीतिगत प्राथमिकता र साझा संकल्प’ मंगलबार सार्वजनिक गरेको छ । कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जो कोहीमाथि कानुनी कारबाही अघि बढाउने गठबन्धनको संकल्प छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास जनतामा स्थापित गर्ने जानकारी दिए । ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी …

पुरा पढ्नुहॊस »

रमेश कर्पले गर्‍यो वृक्षरोपण

काठमाडौं । रमेश कर्पले आफ्नो संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा उनको स्मृति र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै वृक्षारोपण कार्यक्रमको आयोजना गरेकाे छ । हरेक वर्षझै, संस्थापक दिवस स्वर्गीय रमेश गुप्ताको मूल्यमान्यतालाई स्मरण गर्दै, तिनै आधारभूत विश्वासलाई प्रतिबिम्बित गर्नेगरी उनको संस्थालाई सम्पदा जस्तो गरी विकाश गर्ने महान सोचको सम्झना गर्दै यस दिनलाई वार्षिक अवसरको रूपमा सामाजिक सेवा गरेर मनाउने गरिएको कम्पनीले बताएको छ। यस वर्ष, चौथो संस्थापक दिवस, काठमाडौंको …

पुरा पढ्नुहॊस »

रुसीमा ज्यान गुमाउने नेपालीको संख्या ३६ पुग्यो (नामावली)

काठमाडौं । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । मृत्यु हुनेमा १६ जनामध्ये तीन जनाको ठेगाना खुलेको छैन । परराष्ट्र मन्त्रालयलको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार दाङका जितबहादुर पुनमगर, तेह्रथुमका टीकाबहादुर रानामगर, प्युठानका सोमेश सुनार, …

पुरा पढ्नुहॊस »

सहकारी ठगी प्रकरण : रविमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसद तथा मन्त्रीमाथि …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’ को अवसरमा देशभर वित्तीय साक्षरता अभियान गर्ने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको हो । यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ Protect Your Money, Secure Your Moneyभन्ने मुलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिँदै छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको …

पुरा पढ्नुहॊस »

गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन, १५ जना पक्राउ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लाछिानेको राजीनामा माग्दै प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारअगाडि प्रदर्शन भएको छ । उनीहरूले अर्थमन्त्री वर्षमान पुनको पनि विरोध गरेका छन् । कांग्रेस निकट विद्यार्थीहरूको संगठन नेविसंघको चाबहिल क्याम्पस एकाइका विद्यार्थीले प्रदर्शन गरेका हुन् । प्लेकार्ड र पोस्टरसहित प्रदर्शनमा निस्किएका नेविसंघका १५ बढी नेता/कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेका व्यक्ति गृहमन्त्रीमा रहनु अनैतिक हुने भन्दै उनीहरूले नैतिकताको …

पुरा पढ्नुहॊस »