एकैदिन वाणिज्य बैंकका पाँच शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक पाँचवटा शाखा विस्तार गरेको छ । प्रदेश १ स्थित शाखा कार्यालय ताप्लेजुङ, तेह्रथुम, धुलाबारी, मधेश प्रदेशस्थित शाखा कार्यालय मलंगवा र बागमती प्रदेशस्थित शाखा कार्यालय रसुवाको शनिबार उद्घाटन गरिएको छ । पछिल्लो शाखासँगैै बैंंकको शाखा संख्या २६४ पुगेको बैंकले जनाएको छ ।

ताप्लेजुङको बैंक सञ्चालक दिलिपकुमार ढुंगाना, तेह्रथुमको म्याग्लुङ नगरका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, धुलाबारीको झापा १ ‘ख’ का प्रदेश सांसद गोपाल तामाङ, शाखा कार्यालय मलंगवाको सर्लाही २ ‘ख’ का प्रदेश सांसद कौशलकिशोर दास र शाखा कार्यालय रसुवाको रसुवा ‘ख’ का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस