नेपाली टोपी नेपालको पहिचान, मनाइयो टोपी दिवस

काठमाडौं । विगत ५ वर्ष देखि अंग्रेजी वर्षको पहिलो दिनलाई नेपाली टोपी दिवस मनाएको छ । पाँचौं नेपाली टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई  त्यहाँबाट भद्रकाली, शहिदगेट हुँदै शान्तिबाटिका पुगेर कोणसभा गरेको थियो ।

कार्यक्रममा सबै उमेर समुहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरुले ‘नेपाली मन, नेपाली पन, नेपाली टोपी हाम्रो शान’, ‘नेपाली टोपीः मेरो गौरव, मेरो पहिचान’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

विगत केहि वर्ष देखि नेपाल राष्ट्रिय पोशाक विहिनको अवस्थामा रहेकाले यसको निरन्तरताको लागि सरकारलाई दबाब दिने उद्देश्यले नेपाली टोपी दिवसको आयोजना गर्नु परेको जागरुक युवा अभियानका अभियन्ताहरु बताउँछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस