दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा अनिश्चितकालीन बन्द

डोटी । प्रदेश ७ काे अस्थायी मुकाम  धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीबासीले बन्दलगायत  संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले अस्थायी प्रदेश राजधानी औपचारिक रुपमा नतोके पनि यसको प्रस्ताव मंगलबार गरेकाे थियाे  । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी तोक्ने छ ।

बुधबार बिहान बसेको प्रदेश नं. ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हाे । बन्द आह्वान गरेसँगै दिपायल, पिपल्लालगायतका मुख्य बजारहरु बिहानैदेखि बन्द भएका छन । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरु समेत बन्दले प्रभावित भएका छन् ।

एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन चल्न दिने निर्णय भएकाले निर्वाध चलिरहेका छन् ।

संघर्ष समितिका सदस्य दीपकबहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी मुकाम तोक्न लागिएकाले संघर्षमा उत्रिएको बताए । उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दीपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क गर्दै माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिने जानकारी दिए ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस