काठमाडौं ।भाइबर,इमो,हृवाट्सअप लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोहका तीन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका –१८ सुखचैनाटोल बस्ने २१ बर्षीय संजयकुमार राम, वीरगञ्ज –२१ ताजपुर बस्ने २१ बर्षकै अफताव आलम र भारतीय नागरिक २२ बर्षीय कमलेश यादव छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत ‘तपाईलाई ठुलो राशीको चिठ्ठा परेको छ । सरकारी राजश्व वापत अगि्रम केही रकम जम्मा गर्नु पर्छ’ भनि मानिसहरुलाई प्रलोभनमा पार्दै आएका थिए ।

प्रलोभनमा फसेका व्यक्तिहरुलाई विभिन्न मनी ट्रान्सफरहरुमार्फत रकम जम्मा गर्ने र ठगी गर्दै आएको बारा प्रहरीले जनाएको छ ।