काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै अटोप्राइज प्रणाली अनुसार निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएकाे छ ।
निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजलमा र मट्टीतेलमा २/२ रुपैयाँले मूल्य समायोजन गरेको वताएकाे छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर एकसय अमेरिकी डलर बढाएको छ ।
मूल्य समायोजन पश्चात पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य क्रमशः १०४, डिजेल र मट्टीतेललाई ८३ रुपैयाँ पर्ने भएको छ ।
प्रतिकृया दिनुहॊस