news

बसको ठक्करबाट एकको मृत्यु

काठमाडौं । काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।आइतबार राति बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो । स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको हो ।ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने   बसका चालक  फरार छन् ।

पुरा पढ्नुहॊस »

एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा

काठमाडौं । पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। एमालेले सोमबार दिउसो स्थायी कमिटी बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीका उच्च नेताहरूसँग आन्तरिक छलफलमा छन्। दिउसो दुई बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘बैठकले संगठनको …

पुरा पढ्नुहॊस »

मनाङको तापक्रम माइनस १६ डिग्री

मनाङ । देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।   अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमर्इ बैंकले वार्षिकोत्सवका अवसरमा रक्तदान र निशुल्क मधुमेह परीक्षण

काठमाडौं।ग्लोबल आइएमर्इ बैंकले वार्षिकोत्सवमा अवसरमा रक्तदान र निशुल्क मधुमेह परीक्षण गरेको छ। बैंकको ११औं वार्षिकोत्सवका अवसरमा यो कार्यक्रम गरेको हो। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याललार्इ बल्ड ब्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरे। मुलुकमा रगतको अभाव देखिएकोले रक्तदान कार्यक्रम राखिएको बैंकले जनाएको छ। उक्त कार्यक्रममा कर्मचारी र ग्राहकको उपस्थिती रहेको थियो।

पुरा पढ्नुहॊस »

पूर्वसांसद पोखरेलको लडेर निधन

काठमाडौं । पूर्व सांसद तथा प्याब्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलको निधन भएको छ । आज बिहान शौचालय जाने क्रममा लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।  अस्पतालमा उपचारका क्रममा पोखरेलको  निधन भएको हो । ६६ बर्षीय पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । पोखरेलका श्रीमती र दुई छोरा छन् । पोखरेल दोस्रो संविधानसभा फोरम लोकतान्त्रिकबाट सभासद बनेका थिए ।

पुरा पढ्नुहॊस »

सिटिन्जस बैंकले १ अर्बको म्युचल फण्ड निष्कासन गर्दै

काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचल फण्ड १ निष्कासन गर्न लागेको छ । प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई बराबरको फण्ड निष्कासन हुन लागेको हो । यसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला हुने भएको हो । योजनाको अवधि ७ वर्ष रहेकोछ । फण्डको निष्कासन आउदो माघ २ गतेदेखि हुनेछ । फण्ड निष्कासन बन्द माघ १७ …

पुरा पढ्नुहॊस »

काठमाडौंको तापक्रम शून्यमा

काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो ।  लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको हो । तापक्रम घटेसँगै काठमाडौंमा  धेरै चिसो महसुस भएको छ । ८ वर्षपछि काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको हो ।काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा छ ।

पुरा पढ्नुहॊस »

जाडोलेे कठाङ्ग्रिएर सिरहामा बालकसहित तीनको मृत्यु

सिरहा । सिरहा लगायत पूर्वी तराइमा शीतलहरले प्रकोपकै रुप लिएको छ । शीतलहरले बढेको जाडोका कारण कठाङ्ग्रिएर तीन जनाको मृत्यु भएको छ । दुई सातादेखि लगातार चलेको शीतलहरका कारण सिरहामा एक बालकसहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका-७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साहको आइतबार विहान मृत्यु भएको हो । यस्तै गोलबजार-२ लालपुरका ७० वर्षीय …

पुरा पढ्नुहॊस »

व्यवसायी पौडेल हत्याको विरोधमा रुपन्देही बन्दको घोषणा

बुटवल । व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा युवा संघ नेपालले रुपन्देही बन्दको घोषणा गरेको छ । हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेको हो । शुक्रबार अज्ञात समूहले पौडेलमाथि गोली हानेको थियो । गाेली प्रहारबाट गम्भीर घाइते भएका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पुरा पढ्नुहॊस »

रुपन्देहीमा व्यवसायीको गोली हानी हत्या

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा एकजना व्यवसायीको हत्या भएकाे छ । हत्या  हुनेमा स्थानीय बलु भनिने बसन्त पौडेल रहेका छन् । अज्ञात समूहले पौडेलमाथि गोली हानेको थियो । गाेली प्रहारबाट गम्भीर घाइते भएका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे । मोटरसाइकलमा आएको अज्ञात समूहले पौडेललाई गोली हानेर  भागेको बताइएको छ । मृतक फर्निचर व्यवसायी हुन् । गोली प्रहारकाे घटनामा दुर्इजना संलग्न रहेकाे अनुमानमा प्रहरीले खाेजी कार्य तीव्र पारेकाे छ ।

पुरा पढ्नुहॊस »