भोलि हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा

काठमाडौं ।भोलि हुने  राष्ट्रिय सभाको चुनावको तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले भोलि बुधबार हुने चुनावको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले चुनावका लागि आवश्यक सबै तयारी भएको जानकारी दिए ।

बुधबार हुने चुनावबाट ७ प्रदेशबाट ५६ जना राष्ट्रिय सभा सांसद चयन हुने छन् । जसमा २४ जना निर्बिरोध भइसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री