उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो

काठमाडाैं ।   उपराष्ट्रपति पुनले शुक्रबार भृकुटीमण्डप प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गरे ।

उपराष्ट्रपति पुनले हजार शव्द भन्दा एउटा फोटोको महत्व सयौँ गुण वढि हुने बताउदै सत्य तथ्य समाचार सम्प्रेषण्मा फोटो पत्रकारले राष्ट्रका लागि पु¥याउनु भएको योग्दानको स्मरण गरे ।
नेपाल फोटो पत्रकार समूह (एनएफपिजे) ले आयोजना गरेको उक्त प्रदर्शनी पहिलो हो । प्रदर्शनीमा सञ्चार क्षेत्रसंग सम्वन्धित उपकरण स्टलमा समावेश गरिएका छन् । प्रदर्शनी माघ २१ गतेसम्म आयोजना गरिने भएको छ । कार्यक्रममा रक्षामन्त्री भीमसेनदाश प्रधानले सत्य र निष्ठाको अर्का नाम फोटो पत्रकारिता भएको बताए।

त्यस्तै, नेकपा एमालेका सचिव एवं साँसद योगेश भट्टराइले फोटो पत्रकारसंग समाज रुपान्तरण गर्ने शक्ति, सामथ्र्य र प्रभाव हुने जानकारी दिए।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघको सहयोगमा राष्ट्रिय फोटोपत्रकार समुह एनएफपिजेले २०७४ साल श्रवण ५ देखि ८ गते सम्म भृकुटी मण्डपमा आयोजीत शैक्षीक मेलामा भूकम्प पछिको नेपाल नामक फोटो प्रर्दशनीमा गरिएको थियो उक्त अवसरमा ४० भन्दा विढी फोटोपत्रकार तथा फोटो ग्राफरहरुको सहभागीतामा तिन दिने प्रत्यक्ष अवलोकनको आधारमा मनपर्ने फोटोलाई भोटीङ तथा  फेशवुक मार्फत विजेता घोषणा गरिएको थियो ।

उक्त प्रतियोगीतात्मक प्रर्दशनीमा विजेता भएका  फोटोपत्रकार तथा फोटोग्राफरहरुलाई  पनि उक्त कार्याक्रममा प्रमुख अतिथिको हातवाट पुरस्कार वितरण गरिएको थियो जसमा थाहा खवरमा कार्यरत फोटोपत्रकार दीपक केशी प्रथम हुनेलाई रु ५० हजार नगद र प्रमाणपत्र त्यस्तै भक्तपुरका फोटोग्राफ सरोज बाँदे दितियलाई नगद रु २० हजार र तृतिय पुरस्कार विजेता दिपक केबीलाई रु १५ हजार र फोटोपत्रकार राजेश गुरुङ र  स्कन्द गौतमलाई सान्तवना स्वरुप जनही रु ५० हजार , २० हजार १५ हजार र पाँच हजार नगद राशी प्रदान गरी सम्मान गरिएको थियो ।

एनएफपिजेका अध्यक्ष धुर्व आले र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले  फोटो पत्रकार समाजको ऐन भएकाले राज्यबाट  पत्रकारको सुरक्षा हुनुपर्ने बताए।
कार्यक्रममा हरि रेग्मी कार्यक्रम संयोजक ,नेपाल मुद्रणसंघका अध्यक्ष माधव केशी, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल एनएफपिजेका अध्यक्ष ध्रुव आले लगायतले मन्तव्य राखेका थियो ।
प्रदर्शनीमा जापान, ताइवान, भारत चीन लगायतका देशमा निर्माण भएका सञ्चार उपकरण ६०  कक्ष मार्फत  विक्री वितरणमा राखिएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds