news

‘आमाछोरी बुटिक’ कोमल वली र अनिता बिन्दुले गरे उद्घाटन

काठमाडौ । हालै हाँस्यकलाकार मनोज गजुरेलसँग डिभोर्स गरेकी मिना ढकालले काठमाडौंको मध्यबानेश्वरमा ‘आमाछोरी बुटिक’ खोलेकी छन् । सो बुटिक गायिका कमल र पत्रकार अनिता बिन्द बाट संयुक्त रुपमा उद्घाटन गरेका छन् । ‘मन्त्र दिव्य स्क्वायर’ पहिलो तलामा रहेको सो बुटिक उद्घटनमा कमल वली,अनिता बिन्दु, मिनाका आफन्त, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो । बुटिक ओपनिङमा मिना ढकालले ग्राहकको चाहनालाई ख्याल गरेर नयाँ नयाँ डिजाइन दिइने बताइन् ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क आँखा शिविर संचालन

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा निशुल्क आँखा शिविरको आयोजना गरेको छ । सिराहा जिल्लाको भगवानपुर गाउपालिका २, नहरारिगौल स्थित श्री लक्ष्मी नारायण जनता मा.वि को प्राङ्गणमा आयोजना गरिएको उक्त शिविरमा ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल नेत्र ज्योती संघ तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर आयोजना गरेको हो । पहिल्लो समय वातावरण प्रदुषण …

पुरा पढ्नुहॊस »

धांगर बस्तीका बालबालिकालाई प्रविण टिबडेवालको पहल र समाजसेवी अग्रवालको सहयोगमा न्यानो लुगा वितरण

रौतहट ।पछिल्लो समय रौतहट जिल्लामा अत्याधिक बढेको शितलहरबाट स्थानियको जनजीवन कष्टकर बन्दै गएको छ । माघ महिनाको पहिला साता बित्न लागी सक्दा पनि रौतहटमा शितलहरको प्रकोप जारी नै रहेको छ । शितलहरबाट जिल्लाका अधिकांश भागमा रहेका दलित, मुस्हर, धांगर, डोम, कहार लगायतका समुदाय एकदमै प्रभावित बनेका छन् । शितलहर प्रभावित यि समुदायका मानिस बसोबास गर्ने स्थानमा विभिन्न संघसंस्थाले राहत सामग्री बाडे पनि त्यहाँ बसोबास गर्ने बालबालिकाको भने विच्चली रहेको छ …

पुरा पढ्नुहॊस »

नेपालीको प्रिय खाना मःमको साथ कोका–कोला मोःमोत्सव

काठमाडौं ।  कोका–कोला मोः मोत्सव यस वर्र्षपनि पूर्णत नयाँ रुपमा उपभोक्तासामु आएको छ ।  यो मःम अभियानले कोका–कोलाका साथमा मःमहरुको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउने अवसर प्रदान गर्नेछ । यस महोत्सवमा साहभागी रहेका चर्चित कलाकार तथा खानाका पारखी नायिका प्रियंका कार्कीका साथै स्वस्तिमा खड्का र बर्षा सिवाकोटी विभिन्न आउटलेटहरुको भ्रमण गर्नेछन् । यो अभियानले उपभोक्तालाई आफ्नो मनपर्ने कलाकारसँग भेट्ने र बसेर कोक र मःम …

पुरा पढ्नुहॊस »

सीके राउत पक्राउ

धनुषा । सीके राउत पुन: पक्राउ परेका छन्। धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका राउतलाई प्रहरीले  पक्राउ गरेको छ । प्रहरी निरीक्षक राजकिशोर साहको टोलीले राउतलाई पक्राउ गरेको हो। तर प्रहरीले उनलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन।

पुरा पढ्नुहॊस »

प्रदेश प्रमुखको शपथग्रहण आज

काठमाडौं । प्रदेश प्रमुखहरुले आज राष्ट्रपति बाट सपथ ग्रहण लिने भएका छन् । सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लागेकी हुन् । बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कांग्रेस र मधेसवादी दलकाे भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ …

पुरा पढ्नुहॊस »

‘आइएमई छक्कापञ्जा’ अफर अन्तर्गत रमेशले पाए १० लाख रुपैयाँको नगद पुरस्कार

काठमाडौं । ‘आइएमई छक्कापञ्जा’ अफरमा आइएमई सेवाग्राही रमेश रोकायाले १० लाख रुपैयाँको नगद पुरस्कार पाएका छन् ।  

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको भाइबर बैकिङ्ग सेवा, खाता नभएकाले पनि उपयोग गर्न पाउने

काठमाडौं । सिद्धार्थ बैंकले प्रविधिमैत्री ग्राहकहरुलाई लक्षित गरि भाइबर बैकिङ्ग सेवा संचालनमा ल्याएको छ।उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमाआफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतिय उपकरणबाट बैंकिङ्ग सेवाबारे जानकारी लिन सक्नेछन् । भाइबर बैंकिङ्ग सेवा लिन ग्राहकको मोबाइल नम्बर बैंकको सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको हुनुपर्नेछ । सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको मोबाइलका प्रयोगकर्ता ग्राहकले भाइबर बैंकिङ्गमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्ने, …

पुरा पढ्नुहॊस »

धनकुटामा अनिश्चितकालीन कर्फ्यू

धनकुटा । धनकुटा  राजधानी बनाउन माग गर्दै आन्दोलनले उग्र रुप लिएपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

पुरा पढ्नुहॊस »

धनकुटामा अान्दाेलनकारी र प्रहरीबीच झडप

काठमाडौं । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् । बुधबार प्रदेश राजधानी माग गर्दै ३३ औँ दिनको आन्दोलनमा आमहडतालको आयोजना गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने कार्यक्रममा झडप भएको हो । आमहडतालले धनकुटाका बजार, शिक्षण संस्था, वित्तीय संस्था, उद्योग व्यवसाय बन्द रहेका छन् साथै कोशी राजमार्गमा यातायात ठप्प छ । आन्दोलनकारीले आमहडताल …

पुरा पढ्नुहॊस »