आरम्भ माइक्रोफाइनान्सको आइपिओ फागुन १५ गतेदेखि

काठमाडौँ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन १५ देखि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ बिक्रि गर्न लागेको हो।लगानीकर्ताले न्युनतम ५० कित्ता देखि अधिकतम १०००  कित्ताको लागि आवेदन दिन सक्नेछन।आईपिओमा छिटोमा फागुन २१ र ढिलोमा फागुन २९ गतेसम्म आवेदन दिन पाइनेछ । आइपीओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आरम्भ माइक्रोफाइनान्सको आइपीओमा आबेदन भर्न पाइनेछ।

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त गरी १५ पहाडी जिल्लामा लघुवित्त  सेवा प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after