नबिल बैंकले ल्यायो सि-आस्बा सेवा

काठमाडौं । नबिल बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सि-आस्बा सेवा सन्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आनिवार्य रुपमा सि-आस्बासेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी यो सेवा सन्चालनमा ल्याएको हो ।

बैंकले ग्राहकलाई समयमै सि-आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सन्चालनमा ल्याएको हो । ग्राहकले अब यस बैंकका सम्पूर्ण शाखाहरुबाट सि-आस्बा कस्टमर रजिस्ट्रेसन नम्बर(सीआरएन) लिईसि-आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आबेदन दिन सक्नेछन् ।

ग्राहकले उक्त कस्टमर रजिस्ट्रेसन नम्बर लिए पश्चात मेरो शेयरमार्फत आफै अनलाईन आवेदन दिन सक्नेछन् ।साथै अनलाईन आवेदन दिन नसक्ने लगनिकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सि-आस्बा फारम भरी आवदेन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी यस प्राणाली मार्फत आवदेन दिन पनि सकिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after