३३ किलो सुन प्रकरण: वीरगञ्जका व्यवसायी दारूका पक्राउ

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा एक व्यवसायी पक्राउ परेका छन् । सरकारले गठन गरेको छानबिन समितिले वीरगञ्जका व्यापारी राजु दारुकालाई हिजो दरबारमार्गस्थित अन्नपूर्ण होटलेबाट पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेका हुन्डी कारोबारीहरुले उनको नाम लिएपछि दारूका पक्राउ परेको स्रोतको भनाइ छ । उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको समितिको आशंका छ ।

स्रोतका अनुसार उनको वीरगञ्जको लोहरपट्टी रोडमा साई ज्वेलर्स र कृष्ण बुलियन नामक ज्वेलरी पसल छ । उनी वीरगञ्जमा ठूलो एवं प्रतिष्ठित सुन कारोबारीका रूपमा चिनिन्छन् ।

समितिका एक अधिकारीले थप केही व्यवसायी पनि आफूहरूको निगरानीमा रहेको बताएका छन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस