काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटलबीच ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ । यस सम्बन्धि सम्झौतामा बैंक र हस्पिटलबीच एक कार्यक्रमका बीच आज हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले नर्भिक हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।
आफ्ना ग्राहकहरुलाई बैकिङ बाहेक अतिरिक्त सेवा तथा सुविधा प्रदान गर्ने उदेश्यले बिभिन्न संस्थासंग समन्वय गरि यस्ता योजनाहरु ल्याइएको बैंकले जनाएको छ ।
बैंकले काठमाडौं उपत्यका भित्र २४ र बाहिर ४३ गरी कुल ६७ वटा शाखा, ६५ वटा एटिएम काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।




