१५ अंकले झर्यो शेयर बजार

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १२ सय अंक मुनि झरेको छ । अघिल्लो दिनभन्दा १५ अंकले कमी आएको नेप्से ११ सय ९४ अंकमा अडिएको छ । गत चैतमा शेयर बजार १२ सयबाट तल झरेपछि पुनः उकालो लागेको थियो ।

आज कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार अन्तिम ३० मिनेटमा मात्रै थप ६ अंकले ओरालो झर्दा नेप्से सूचक ११९४.८० विन्दुमा रोकिएको छ । आज एकै दिन १५ अंकले बजार ओर्लिएको हो ।

कुल १६० कम्पनीको २३ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। यस दिन सबै समूहहरु ओर्लिएका छन् । बैंकिङ १२, होटल ५२, विकास बैंक १४, जलविद्युत ११, फाइनान्स ५, बिमा ७८, उत्पादन ५०, अन्य ५ र माइक्रोफाइनान्स समूह ३२ अंकले झरेका हुन् ।

कारोबारका आधारमा नविल बैंक संस्थापकको सेयर अग्रस्थानमा रह्यो । सो कम्पनीको १ करोड ३१ लाख रुपैयाँको कारोबार भयो

यस दिन आरम्भ माइक्रोफाइनान्सको मूल्य ५ प्रतिशतले बढेको छ । सप्तकोसी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरे ७ प्रतिशत गुमाए ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ, समस्यालाई अवसरमा बदल्ने प्रतिबद्धता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्। …

प्रतिकृया दिनुहॊस