राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज गर्नुपर्छ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले पुनर्निर्माणको काम १० प्रतिशत पनि सम्पन्न गर्न नसक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य नरहेकाले खारेजीकोे माग गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले आजको संसद बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य पुष्टि गरेर देखाउन प्रधानमन्त्री केपी ओलीलाई चुनौती समेत दिएका छन् ।

संसदमा बोल्ने क्रममा सांसद सुवालले विदेशीलाई श्रम र मुनाफा दिने नियतका साथ काम गरिरहेको लगानी बोर्ड नेपालका लागि उपयुक्त नदेखिएकाले तत्काल खारेज गर्न माग गरेको छन् ।
प्रतिनिधिसभामा विनियोजन बजेट अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले लगानी बोर्डले स्वदेशी लगानी लाई भन्दा विदेशी लगानीलाई जोड दिने गरेकोमा पनि आपत्ति समेत जनाएको छ ।
सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सार्वजनिक निर्माण तथा अनुगमनको काममा पूर्णतः असफल भएको बताए ।
संसद सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भ्रष्टाचार अन्त्य गरेर मुलुकमा सुशासन बहाल गर्न नसकेको आरोप लगाए ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस