यी हुन्, कागती पानी पिउनुका फाइदाहरु

कागति स्वस्थ्यका लागि लाभप्रदक चीज हो । यो जुनसुकै मौसममा पनि लाभदायी हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइनुका साथै भिटामिन, मिनरल्स, प्रोटिन तथा कार्बोहाइड्रेस् जस्ता तत्व पाइन्छ ।

जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ यसले शरीरमा बिभिन्न किसिमका रोगहरु लाग्नबाट बचाउँछ ।

 

१. भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।

२. कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

३. पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ ।

४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।

५. कागती पानीले पाचनमा सहयोग पुग्छ ।

६. कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ ।

७. कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

८. रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ ।

९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

१०. कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।

११. एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।

१२. कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

१३. हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री