काठमाडौंमा मोनोरेल सर्वाेच्चमा पुग्यो

काठमाडौं । काठमाडौंमा मोनोरेल सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन डीपीआर गर्ने कम्पनी छनोटको विवाद यतिवेला सर्वाेच्च अदालत पुगेको छ ।

उपत्यकाको रिङरोडमा मोनोरेल गुडाउने योजनाअनुसार लगानी बोर्डले टेण्डरमार्फत डीपीआर निर्माणका लागि काठमाडौंं मोनोरेल प्रा ली लाई छनौट गरेको थियो ।

तर, कम्पनीले बैंक बोर्डले मागिएको १० करोड बैंक ग्यारेन्टी ग्यारेन्टी देखाउन नसकेपछि लगानी बोर्डले सम्झौता नगरेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले वताए ।

तोकिएको समयमा बैंक ग्यारेन्टी दिन नसकेको मोनोरेल कम्पनीले १५ दिन म्याद थप गर्न माग गरेको थियो । तर, लगानी बोर्ड नमानेपछि सर्वाेच्च गएको थियो ।

सुरुमा अन्तरिम आदेश जारी गरेको सर्वाेच्चले त्यसलाई निरन्तरता दिँदै मोनो रेल कम्पनीलाई मोनोरेल सञ्चालनसम्वन्धी विवरण १५ दिनभित्र पेश गर्न भनेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप