भरतपुरमा रेनु दाहालले गरिन् लिड

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र एमाले-राप्रपाका साझा उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

केही बेरअघिसम्म अगाडि रहेका सुवेदी अहिले पछि पारेका छन् । उनी दाहालभन्दा ३ मतले पछि छन् । त्यहाँ १० हजार २०६ गन्दा दाहालले ३ हजार ५७८ मतसहित अग्रता लिएकी हुन् भने सुवेदीले ३ हजार ५७५ मत पाएका छन् । गठबन्धनको बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४०४३ मत पाएका छन् भने एमाले राप्रपाबाट राप्रपाकी उम्मेदवार हिमला २८१६ मत पाएकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस