काठमाडौँ । धनकुटाको सागुरीगढी र छथर जोरपाटी गाउँपालिका अध्यक्ष मा नेपाली कांग्रेस विजयी भएको छ ।
सागुरीगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जीतेन्द्र राई ५३९९ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार याखाले ४८२८ मत प्राप्त गरे । वडा नम्बर २,३,५,६ को वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको छ ।
यस्तै छथर जोरपाटी गाउँपालिकामा गठबन्धनका तर्फबाट प्रमुख/उपप्रमुख नै विजयी भएका छन् । गठबन्धनमा कांग्रेसका छत्र बहादुर सुब्बा अध्यक्ष र माओवादी केन्द्रका गीता गुरुङ विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित छत्रले ४ हजार ३५९ मत प्राप्त गरे भने एमालेका प्रत्याशी शेरबहादुर लिम्बूले ४ हजार १६४ मत प्राप्त गरे । उपाध्यक्षमा भने माओवादीकी गुरुङले ४ हजार ३८७ ल्याउँदा एमालेकी गोमा कार्की दाहालले ३ हजार ६९१ मत प्राप्त गरिन् । यी दुवै पालिका एमालेको गढको रूपमा चिनिन्थे ।




