विश्वका २० हजार विश्वविद्यालयलाई त्रिविले पछि पार्‍यो

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ। सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।

त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थियो । सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो । विभिन्न निकायले गरेको अनुसन्धानमा त्रिविको स्थान फरक फरक देखिएको थियो। टाइम्स हाइयर एजुकेशनले त्रिविलाई पहिलो पटक सर्वेक्षण गरेको हो । विश्व प्रशिद्ध द टाइम्स हाइयर एजुकेशन गरेको सर्वेक्षणले त्रिविलाई उत्कृष्ठ विश्वविद्यालयको रुपमा वर्णन गरेको छ।

संस्थाले रिक्वायरमेन्ट माग गरेको थियो । सो रिक्वायरमेन्ट पुरा गरेपछि शैक्षिक स्तरमा सुधार भएको त्रिविका योजना महाशाखा प्रमुख डा.ऋद्धिस पोखरेलले जानकारी दिए। संस्थाले गरेको मापदण्ड पुरा गरेपछि सार्वजनिक गरेको विवरणअनुसार त्रिविले उल्लेखनीय सफलता हासिल गरेको उनको भनाई छ । आफुखुसी कुनै संस्थाले गरेको सर्वेक्षण भन्दा पनि विश्वको उत्कृष्ठ संस्थाले गरेको सर्वेक्षण महत्वपुर्ण रहेको दाबी त्रिविले गरेको छ।

त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाले पछिल्लो समयमा त्रिविले सबै किसिमको सुधार गरेको गरेपछि त्रिविको स्तर उल्लेख्य रुपमा वृद्धी भएको बताए । उनले भने, ‘विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पार्दै एक हजार मुनी श्रेणीमा पुग्न सफल भएको हुनु नेपालको लागि गर्वको विषय हो।’ द टाइम्स अफ एजुकेशनले ४ दिन अघि नतिजा सार्वजनिक गरेको थियो।

सेप्टेम्बर २५ देखि २७ सम्म सिंगापुरमा सम्पन्न उच्चस्तरीय विश्वविद्यालयको सम्मेलनमा देशभरका विश्वविद्यालयको नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार अमेरिकाको अस्फोर्ड युनिभर्सिटी पहिलो विश्वविद्यालय हो। दोस्रोमा क्याम्ब्रिज विश्वविद्यालय, तेस्रोमा स्ट्याण्डफोर्ड, चौँथोमा म्याच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी, पाचौँमा क्यालिफोर्निया इन्टिच्युट अफ टेक्नोलोजी, विश्वविद्यालय छन्। यस्तै छैठौ स्थानमा हार्डभार्ड विश्वविद्यालय, सातौमा पिन्सटन्, आठौमा एले विश्वविद्यालय, नवौ स्थानमा इम्पेरियल कलेज लण्डन र दशौ स्थानमा युनिभर्सिटी अफ सिकागो रहेका छन्।

उत्कृष्टमध्ये अधिकांस अमेरिका र वेलायतका रहेका छन्। २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय झण्डै तीन दशक पछि आठ सय देखि हजार स्थान भित्र पुगेको हो। त्रिविको इतिहास हेर्दा विद्यार्थी भर्नाको हिसाबले विश्वको ११ स्थानमा पर्छ। त्रिविअन्तर्गत हाल झण्डै साढे ३ लाख विद्यार्थी अध्ययनरत छन्। १ हजार ८४ सम्बन्धन र ६० आंगिक क्याम्पस छन् । २ हजार पोष्ट ग्रयाजुएट कार्यक्रम संचालित छन् । त्रिविमा ७ हजार ८ सय ४१ शिक्षक, ७ हजार ४ सय १३ कर्मचारी कार्यरत छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस