गठबन्धनको जित सुनिश्चित छ र हामी प्रतिबद्ध छौँ : कमलबहादुर शाह (अन्तर्वार्ता)

मंसिर ४ गते नजिकिँदै गर्दा मौसमी गर्मी घट्दो तर चुनावी गर्मी बढ्दो क्रममा छ । नेताहरू अहिले जनताका घरमा घरदैलोमा व्यस्त छन् । पार्टीका घोषणा पत्र र अगामी निर्वाचित भएपछि विकास कार्यक्रमहरू सहित उनीहरू चुनाव आफ्नो पक्ष पार्न रात दिन लागि रहेका छन् । यसै विषयमा कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा १ का उम्मेदवार कमल बहादुर शाहसँग यसै विषयमा कुराकानी गरेका छन् ।

मतदानको मिति नजिकिँदै छ, मत परिणामको आकलन के छ ?
-सिद्धान्ततः नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत अन्य गठबन्धनका सहयात्री बिच केही फरक भएपनि २०६२÷६३ को आन्दोलन, गिरिजाबाबु र प्रचण्डको नेतृत्वमा विस्तृत शान्ति सम्झौता पछि हामी यो देश निर्माणका सहयात्री हौ । अहिले हाम्रो काँधमा संविधान र यस बिचका उपलब्धिहरूलाई रक्षा गर्ने जिम्मेवारी आएको छ । तसर्थ, गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छ र हामी प्रतिबद्ध छौ ।

कैलाली क्षेत्र नम्बर २ मा जातीयता र भेगियताले प्रशय पाइरहेको अवस्थामा तपाईँले यसलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ ?
-म यही कैलालीमा हुर्के, मेरा थारु समुदायमा काकाकाकी, भाइबहिनी छोराभतिजाहरु छन्, यही समुदायमा नै कर्णाली, राप्ती, यो देशका विभिन्न ठाउँबाट बसाइ सरेर आउनु भएका आमाबुबा दाजु भाइहरू छन् । विश्व नै एउटा सानो गाउँ बन्ने अवस्थामा यिनै मिलेर बसेका जिउँदाको जन्ती मर्दाको मलामी, आमाबुबा, दाजुभाइ, छोराभतिजा बिच जात, क्षेत्रको आधारमा भिन्नता गर्नु गलत मात्रै होइन अपराध नै हो । सुन्दर समाज निर्माण गर्न चाहानेले जातीय विष रोपेर मर्दैन । मैले समाजलाई त ढाँटुँला तर राजनीतिबाट विश्राम लिँदै गर्दा मैले मेरो आउने सन्ततिलाई के जवाफ दिने ?  हेर्दै गर्नु होला, राजनीतिलाई जातीय रुपदिने जो कसैलाई मृत्युको अन्तिम शय्यामा जल्दै गर्दा आगो भन्दा अगाडि पापले पोल्ने छ ।

विपक्षीहरूले तपाईँहरूको गठबन्धनलाई अपवित्र गठबन्धन भन्दै आइरहेको छन्, कम्युनिस्ट र डेमोक्रेट्सहरु बिचको गठबन्धन अचम्म होइन र ?
-मैले अगाडि पनि भनिसके, नेपाली कांग्रेस, तत्कालीन माओवादी लगायत अन्य दलहरू विस्तृत शान्ति सम्झौता पछिका एक रथका दुई पाङ्ग्रा हुन । जब जब देश संकटमा पर्छ, दलगत सिद्धान्त गौण रहेको इतिहास छ । संविधान र अहिलेसम्मका उपलब्धिको रक्षाका साथै कार्यान्वयन गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । यही उद्देश्यका साथ हामी बिचको गठबन्धन अगाडि बढेको छ ।

भनेपछि राजतन्त्रको वकालत गर्ने राप्रपा र एमाले बिचको तालमेल पनि स्वाभाविक हो ?
-तालमेल वा गठबन्धन जे सुकै होस तर त्यसको उद्देश्य के हो ? भन्ने कुराले अर्थ राख्छ । हिजो एमाले संघियता सहितको गणतन्त्रका लागि हामीसँगै थियो भने राजतन्त्रको वकालत गर्ने राप्रपा फरक धारमा । हामी जनताको शासनमा विश्वास गर्छौ । कुनै परिवारमा जन्मेकै कारण शासक बन्ने परम्परा मान्य हुँदैन । गणतन्त्र बालक अवस्थामा छ जसलाई हुर्काउनु मुख्य चुनौती छ र यो गठबन्धन दलको काँधमा आएको छ ।

पटक पटक ठुला ठुला आन्दोलनहरू भए, राजनीतिक परिवर्तन पनि भए तर जनताको अवस्थामा परिवर्तन आएन ।  जिम्मेवार तपाईँहरू नै होइन र ?
-डेमोक्रेसीको कमजोर पक्ष भनेको गरिबी र अशिक्षा हुन । नेतृत्वले नैतिकता गुमाउँदा यसको फाइदा केही गलत नियत भएका मान्छेहरूले उठाउँदै आइरहेको पाइन्छ । यो देशमा ठुलै जादु आवश्यक होइन, मात्रै नेतृत्व जनता प्रति इमानदार हुने हो भने ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हामी हाम्रै जीवनकालमा देख्न पाउँछौ । यसका लागि सबैले मलाई र हाम्रो गठबन्धनलाई मतदान गरी गराउन सबैमा हार्दिक अपिल गर्दछु । जय नेपाल !

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस