कस्तो अवस्थामा हुन्छ मत बदर ?

काठमाडौँ । यही वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । ७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्नेछन् ।

मतदान गर्दा विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । सानो त्रुटिले पनि मत बदर हुनसक्छ । निर्वाचनले आयोगले मत बदर हुन नदिन केही विषयमा सचेत रहनुपर्ने जनाएको छ ।

मत बदर हुने अवस्था
१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
२. औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको,
३. मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
४. उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको,
५. उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको
६. कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरिएको,
७. निर्वाचित गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरिएको,
८. मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
९. आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
१०. मतपेटिकाभन्दा बाहिर राखिएको,
११. जाली मतपत्र ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस