मुक्तिनाथ देवघाट (News)
फाइल फोटो

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

काठमाडाैँ । सिद्धार्थ राजमार्ग छेउमा पर्ने तिनाउ खोलामा डुबेर आइतबार भारतीय नागरिकको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका-३, दोभान ड्याम क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर भारत गोरखपुर घर भएका ३५ वर्षीय अंकित श्रीवास्तवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी दिए ।

पौडी खेल्ने क्रममा डुबेका श्रीवास्तवलाई सँगै आएका साथीहरुले उद्धार गरी प्रादेशिक अस्पताल रुपन्देही बुटवलमा लगेका थिए । उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चोरीको मोटरसाइकल कुदाइरहेका विकास काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ बाट चोरीको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले समातेको छ । काभ्रेपलाञ्चोकको …

प्रतिकृया दिनुहॊस