नेपाली दूतावासले अमेरिकामा घुम्ती कन्सुलर शिविर गर्ने

काठमाडाैँ । अमेरिकास्थित नेपाली राजदूतावासले विभिन्न राज्यमा घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने भएको छ । दूतावासले नर्थ क्यारोलिना र फ्लोरिडा राज्यमा शिविर सञ्चालन गर्न लागेको हो ।

दूतावासका अनुसार अक्टोबर २९ र ३० तारिखमा नर्थ क्यारोलिना र नोभेम्बर १ र २ तारिखमा फ्लोरिडा राज्यमा शिविर हुनेछ । उक्त शिविरबाट सेवाग्राहीले राहदानी नवीकरण गराउन सक्नेछन् । त्यसमा अक्टोबर २०२२ सम्म बहाल अवधी रहेकाहरूले राहदानी नवीकरण गराउन सक्ने दूतावासले जनाएको छ ।

त्यस्तै गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकफर्ती यात्रा अनुमतिपत्र, पर्यटक भिसा लगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ । यसका लागि सेवाग्राहीले आवश्यक पर्ने कागजात तथा शुल्कबारे दूतावासको वेबसाइटमार्फत जानकारी लिन सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस