काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो) सँग संयुक्त रुपमा गठन गरिएको नयाँ कार्यदलमा २६ जना विज्ञहरु मनोनीत गरिएको छ ।
डब्लूएचओले नयाँ कार्यदल कोभिड–१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने जनाएको छ । साढे एक वर्षअघि पहिलो पटक चीनको वुहान सहरमा भाइरस भेटिएको थियो तर भाइरस सुरुमा कसरी उत्पत्ति भयो भन्ने विषयमा भने अझै अस्पष्ट छ ।
नव गठित कार्यदलले वुहानको बजारबाट जनावरबाट मानिसमा भाइरस सरेको हो वा प्रयोगशाला दुर्घटनापछि फैलिएको हो भनेर विचार गर्ने छ । प्रयोगशालासम्बन्धी दोस्रो धारणाप्रति चीनले कडा रुपमा प्रतिवाद गर्दै आएको छ ।
कोभिडको उत्पत्तिको विषयमा अनुसन्धान गर्न गत फेब्रुअरीमा चीन पुगेको डब्लूएचओको एक टिमले भाइरस चमेराबाट मानिसमा सरेको सम्भावनासहितको निष्कर्ष दिएको थियो तर यस विषयमा थप काम गर्नुपर्ने जनाएको थियो ।
तर पछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानामले चिनियाँ पक्षको आपरदर्शीता र डेटाको अभावले अनुसन्धानमा बाधा उत्पन्न भएको बताएका थिए । डब्लूएचओका अधिकारीहरुले साइन्स जर्नलमा प्रकाशित गरेको एक लेखेमा ’प्रयोगशाला दुर्घटना’ को विषयलाई अस्वीकार गर्न नसकिने उल्लेख छ ।
सागोले प्रस्ताव सदस्यहरुमा यसअघि चीन पुगेका विज्ञ टिमका सदस्य रहेका छन् । नयाँ कार्यदलको घोषणा चीनले महामारी सुरुवाि महिनामा लिएको ब्लड बैंकले लिएको हजारौँ नमुनाको परीक्षण गर्न तयारी गरिरहेको भन्ने समाचार आएको समयमा भएको हो । चीनले भने उत्पत्तिको विषयमा वैज्ञानिक अनुसन्धान विषय भएको तर कोभिड १९ को उत्पत्तिलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाउँदै आएको छ ।
प्रतिकृया दिनुहॊस