अशुद्ध पानी कतिञ्जेल पिउने ?

मानव जीवनमा पानीको महत्वपूर्ण स्थान छ । पानीको महत्व त्यतिबेला झल्कन्छ जब सबै मानिसले शुद्ध पानी पिउन पाउँछन् । शुद्ध पानीको अभावमा पानीजन्य रोगहरु जस्तै आउँ, झाडापखाला, जन्डिस लगायतले आक्रमण गर्ने गर्दछन् । वर्षातको सुरुवातमा त पानीजन्य धेरै रोगले धेरैलाई आक्रमण गर्ने गर्दछन् । स्वस्थ जीवनका लागि शुद्ध पानी आवश्यक छ । तथापि उपत्यकामा हरेक दिन हामीले पिउने पानी धेरैनै अशुद्ध भएको प्रमाणित भईसकेको छ । 
केहि समय अगाडि उपत्यकावासीले हरेक दिन फोहोर पानी पिइरहेको तथ्य बाहिर आएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले काठमाडौं उपत्यकामा उपलब्ध पानी पिउनयोग्य नभएको अध्ययनमा देखाएको छ । नास्टले दिएको जानकारी अनुसार गत वर्षको वैशाखदेखि चैतसम्म हजार ठाउँमा पानीको नमुना परीक्षण गरेको र ती कुनैपनि नम’नाका पानी पिउनयोग्य देखिएन भने काठमाडौंको पानीमा आइरन, ब्याक्टेरिया, अमोनियाको मात्रा धेरैनै देखिएको छ । यसरी फोहोर पानी पिउनुपर्ने भएपछि स्वास्थ्य अवस्था कसरी राम्रो होला ?

नास्टले दिएको जानकारी अन’सार अध्ययनका क्रममा काठमाडौंको हरेकजसो म’हानमा ‘कोलिफर्म’ पनि भेटिएको थियो ।  कोलिफर्म दिसामा ह’ने एक किसिमको ब्याक्टेरिया हो । यो मानव स्वास्थ्यका लागि धेरैनै खतरनाक हुन्छ  । उपत्यकामा वितरण हेने पानीमा कोलिफर्म र आइरनको मात्रा पनि बढी रहेको नास्टले अध्ययनमा देखाएको छ । आइरनको मात्रा प्रतिलिटर ३ प्रतिशत हुनुपर्नेमा ५ देखि ७) प्रतिशतसम्म पाईएको छ । ’स्वच्छ पानी, स्वस्थ जीन्दगानी’ को नारा नारामै सीमित छ । पानीबिना स्वस्थ जीवन कल्पना पनि गर्न सकिँदैन । सोही अशुद्ध पानीकै कारण उपत्यकावासी दिनदिनै रोगी बन्दै गईरहेका छन् ।

मानिसको हरेक समय र नभई नह’ने अनिवार्य आवश्यकता पानीको विषयमा सरकार मौन छ । वर्षौंदेखि उपत्यकावासी फोहोर पानी पिउन विवश छन् ।  मेलम्ची ल्याउने नाउँमा धेरैपल्ट उपत्यकाका बाटाहरु भत्काईए र फेरी बनाईए । पानी आउने आशमा सर्वसाधारणले पाथीका पाथी धुलो खाए तर रिजल्ट अहिलेसम्म आएको छैन । फगत सडक भत्काउने र बनाउनेमै सरकारी निकाय केन्द्रित छ । मेलम्ची तुरुन्तै आउन संभव छैन । कमसेकम जहाँबाट पानीको वितरण हुँदै आएको छ, त्यहाँ अध्ययन गरेर फाेहाेर पानी विक्री वितरण गर्नेलाई कारबाही त गर्न सकिन्छ नी । त्यसमा पनि सरकार उदासीन देखिएको छ ।

उता उपत्यकामा भएका पानीको म’हान सरसफाईमा पनि उत्तिकै लापरवाही देखिन्छ ।  जसका कारण उपत्यकावासी पानीजन्य रोगको शिकार बन्दैछन् । अझ यो समस्या वर्षातमा अस्पतालमा धाउने विरामीको संख्याबाट प्रष्टिन्छ . सीमित स्रोत तथा असीमित रुपमा बढिरहेको जनघनत्व भएको सीमित पानीले जीवन गुजार्नुपर्ने बाध्यता छ । दैनिकरूपमा अशुद्ध पानी पिइरहँदा त्यसले पार्ने प्रभाव धेरै खतरनाक छ । शुद्ध पानी पिउन पाउनु हरेक नागरिकको अधिकार हो । एकपछि अर्काे तथ्यांकले पानीको श’द्धतामा प्रश्न चिह्न उठाइरहँदा सम्बन्धित निकायले चासो देखाएको देखिन्न । उपत्यकावासीको शुद्ध पानी पिउन पाउन’पर्ने अधिकारलाई सम्बोधन गर्न सरकारले बेलैमा उचित कदम चाल्नुपर्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस