३ दिनको पूर्वानुमानः पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश नं १ को पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर तथा आगामी २ दिन देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ  । पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस