पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित

काठमाडौं । आज, शुक्रबार १२५ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५०  पुगेको छ भने पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये २ लाख ७१ हजार ७ सय ३३  जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १६ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री