शनिबार र आइतबार काठमाडौंका यी क्षेत्रमा विद्युत नआउने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ । विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले ती क्षेत्रमा डेढ घण्टादेखि तीन घण्टासम्म विद्युत् बन्द हुने भएको हो ।

प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो । शनिबार बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ ।

शनिबार नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ । कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ ।

  • हेर्नुस् सूचना :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस