सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने

काठमाडौं । नेपाली वाङमयका शताब्दी पुरुष सत्यमोहन जोशीका दम्पतीले नै मृत्युपछि शरीर दान दिने भएका छन् ।

संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्ने भएका हुन् । यसका लागि आज उनीहरूले आफू बसोबासरत ललितपुर महानगरपालिका कार्यालयको परिसरमा कार्यक्रम आयोजना गरी मृत्युपछि आफूहरूको शरीर दान दिने घोषणा गर्दै छन् ।

महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा शरीर दान घोषणा कार्यक्रम हुने बताइएको छ । आज दिउँसो १ः३० बजे आयोजना हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन …

प्रतिकृया दिनुहॊस