ग्लोबल आइएमईले ३ महिनामा कमायो १ अर्बमाथि नाफा

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ५ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । यसमा २२ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

बैंकले प्रकाशित गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको असोज मसान्तको तुलनामा यस आवको सोही अवधिमा बैंकको नाफा ४०.५९ प्रतिशतले बढेको देखिन्छ । गत आवको पहिलो तीन महिना पूरा हुँदा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी गत आवको तुलनामा ६५.७८ प्रतिशत बढेर १२ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, सञ्चालन नाफा गत आवको सोही अवधिको तुलनामा ४१.५३ प्रतिशत बढेर १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

हाल बैंकको जगेडा कोषमा करीब ९ अर्ब २७ करोड, अवितरित आय (रिटेन्ड अर्निङ) १ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ छ । पछिल्लो त्रैमासको अन्त्यसम्ममा बैंकले २ खर्ब २४ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

अहिले बैंकको प्रतिसेयर आम्दानी २२.३२ रुपैयाँ छ मूल्य आम्दानी अनुपात १२.१९ गुणा छ । प्रतिसेयर नेटवर्थ १५८.५९ रुपैयाँ रहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस