प्रभु बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, अरु सूचक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंक को खुद नाफा ३५.२७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पहिलो त्रैमास बैंकको खुद नाफा ६२ करोड ८४ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८५ करोड नाफा कमाएको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ छ । यस अवधिमा बैंकको निक्षेप संकलन ३.५४ प्रतिशतले बढेर १ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६.७५ प्रतिशतले बढेर १ खर्ब १६ र्ब पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी २०.४१ प्रतिशतले बढेर १ अर्ब ६९ करोड पुगेको हाे ।

१० अर्ब ३१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ७० करोड रहेको छ । बैंकको खराब कर्जा ३.३२ प्रतिशतबाट घटेर २.६७ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी ३२.९६ रुपैयाँ, प्रति शेयर नेट वर्थ १५५.३० रुपैयाँ, मूल्य आम्दानी अनुपात ७.२२ गुणा, बेस रेट ७.३९ प्रतिशत, स्प्रेड दर ४.३७ प्रतिशत, कोषको लागत ४.८९ प्रतिशत, सिसिडि ७२.७९, र पुँजी पर्याप्तता अनुपात ११.६३ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस