बन्दना राणा नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघीय समिति सीईडीएडब्लूमा निर्वाचित

काठमाडौं । महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धी महासन्धि (सीईडीएडब्लू) संयुक्त राष्ट्रसंघीय समितिमा नेपालका तर्फबाट बन्दना राणा निर्वाचित भएकी छिन् । चालु कार्यसमितिमा पनि राणा सदस्य छिन् ।

उक्त समितिमा राणा १३७ भोट ल्याएर विजयी भएकी हुन् । ११ सदस्यका लागि १९ देशले उम्मेद्वारी दर्ता गरेका थिए । तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच प्रतिस्पर्धा भएको थियो । उनीहरुलाई १८९ सदस्य देश मध्ये १८८ देशले मतदान गरेका थिए । राणाले तेस्रो बढी मत पाएकी हुन् । १ जनवरी २०२१ देखि नयाँ कार्यकाल शुरु हुनेछ ।

समितमा रहेर काम गर्ने उनी पहिलो नेपाली हुन् । राणाले तीन दशकदेखि लैंगिक समानता र महिला अधिकारको पक्षमा काम गर्दै आएकी छन् । आफू निर्वाचित भएपछि उनले फेसबुकमार्फत सबै मतदाता देशलाई धन्यवाद दिंदै आफू अझै प्रतिबद्ध भएर महिलाविरुद्ध हुने सबै विभेदविरुद्ध काम गर्ने बताएकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डान्सबारको पाँचौ तलामा बाहिरबाट ताला लगाएर तास खेलिरहेका १३ जना पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको …

प्रतिकृया दिनुहॊस