सिटी एक्सप्रेस मनी ट्रान्सफरले गरायाे सबै कर्मचारीकाे कोरोना बीमा

सिटी एक्सप्रेस मनी ट्रान्सफरका कर्मचारीलाई कोरोना बीमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले हाल कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ । यस्तो विषम परिस्थितिमा विप्रेषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा COVID 19  सुरक्षण विधी अपनाएर दैनिक कार्यमा खटिरहेका छन् । त्यसैलाई ध्यानमा राखेर सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना बिमा गराएको हो ।

लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, विप्रेषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुदाँ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरु मार्फत कार्यालयबाट विप्रेषण सेवा प्रदान गरिरहेको छ ।

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम  गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५ सयभन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस