नेपालमा फेरि थपिए ९ कोरोना संक्रमित, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके र मकवानपुरमा गरी थप ९ जनामा कोरोना देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुषमा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिका- १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।Image may contain: text

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डान्सबारको पाँचौ तलामा बाहिरबाट ताला लगाएर तास खेलिरहेका १३ जना पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको …

प्रतिकृया दिनुहॊस