काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्सले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख सहयोग गरेको छ ।
कम्पनीका संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाईउ क्त रकम बरावरको चेक प्रदान गरिन् ।
इन्स्योरेन्सले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसबाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।
प्रतिकृया दिनुहॊस