सिद्धार्थ बैंकद्वारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले  कोरोना भाइरस विरुद्ध लड्न १७ वटा गाउँपालिका तथा नगरपालिकाका स्थानीय तह राहत कोषमा ५ लाख १० हजार रुपैयाँ बराबरको सहयोग गरेको छ ।

बैंकले उक्त स्थानका गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत ३० हजार रुपैयाँको दरले सहयोग गरेको छ ।

बैंकले  महोत्तरी, तनहुँ, भोजपुर,संखुवासभा, सुनसरी, काभ्रे, रुपन्देही, रामेछाप, सिन्धुली, बारा, कपिलवस्तु, रौतहट, बारा, नवलपुर,पूर्वी रुकुम, पर्सा, बाजुरा शाखाले एक/एक स्थानीय तहलाई राहत स्वरूप आर्थिक सहयोग उपलब्ध गराएको  बताएको  छ ।

यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा १० लाख रुपैयाँको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds