अब पाँच मिनेटमै कोरोना भए-नभएको थाहा पाइने

काठमाडौं । विश्वमा महामारी मच्चाइरहेको कोरोना (कोभिड-१९) भाइरसको संक्रमण फैलनुमा परीक्षणको ढिलाइ नै मुख्य कारण रहेको धेरैजसो देशले निष्कर्ष निकालिसकेका छन् ।

कोरोना संक्रमित भए-नभएको चिश्चित हुनु नै कोरोनाको महामारी रोक्न सबैभन्दा उतम उपाय हुन सक्छ । तर कोरोना परीक्षणको नतिजा ढिलाइका कारण विश्वका धेरै मानिसको ज्यान गइरहेको छ । तर अब कोरोना परीक्षणका लागि घण्टौंसम्म कुन नपर्ने भएको छ । कोरोना भाइरस परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ ।

कोरोना भाइरस संक्रमण परीक्षणका लागि विभिन्न किसिमको झन्झटको सामना गरिरहेको अवस्थामा अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो । यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिन सक्ने दावी गरिएको छ ।

अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्वपूर्ण सावित हुने अपेक्षा छ । यो प्रविधिलाई अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति दिइसकेको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेशिन निर्माण शुरु हुन सक्ने बताइएको छ ।

अहिले अमेरिकामा यो यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । यो मेशिनले बिरामीमा भाइरसको आरएनए कति छ भन्ने कुराको पहिचान गर्ने भएकाले शरीरमा भाइरसको उपस्थिति कति छ भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।

एबोटले अप्रिलमा यो मेसिनबाट ५० लाख मानिसमा कोरोना भाइरसको परीक्षण हुनसक्ने बताएको छ । एफडीएले यसलाई गत मार्च १८ मा अनुमति दिएको थियो । –एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस