संघीय संसद र प्रदेशसभा स्थगित गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले संसद स्थगित गर्ने तयारी थालेको छ । संसद स्थगित गर्ने विषयमा आज निर्णय हुने बताइएको छ । नेकपाले सरकारलाई संघीय र प्रदेश सभाहरु स्थगित गराउन पार्टीलाई निर्देशन दिइसकेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा केहि प्रक्रियाहरु पुरा गर्नु पर्ने भएकाले ति प्रक्रिया पुरा गरी संसद बन्द गर्ने तयारीमा सरकार रहेको छ ।

सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि संसद बैठक पनि स्थगित गर्न लागिएको हो । संसद बैठक स्थगित हुँदा धेरै ऐन कानून प्रभावित हुने भएका छन् । संघीय संसदबाट प्रदेशका लागि बनाउनुपर्ने अत्यवस्यक कानूनहरु पनि बन्न सकेका छैनन् ।

अहिलेकै संसदबाट पारित गराउनुपर्ने बहुचर्चित एमसीसी पनि यो अधिवेशनबाट पारित नहुने अवस्था देखिएको छ । एमसीसीका विषयमा सत्तारुढ नेकपाभित्रै विवाद रहेको र यसअघि गठन गरिएको कार्यदलले दिएको सुझावका विषयमा समेत छलफल नभएकाले एमसीसी संसदमा प्रवेश भएको छैन् ।

यता, सातै प्रदेशका प्रदेशसभाहरु पनि स्थगित हुने भएका छन् । प्रदेशहरुले संसद बन्द गरी सांसदहरुलार्य जनचेतनाका काममा लगाउने तयारी गरेका छन् । कर्णाली प्रदेशले आज मन्त्रीपरिषदको बेठक राखेर संकटकाल घोषण गर्ने तयारी गरेको छ । प्रदेश ५ र सुदूरपश्मि प्रदेशले पनि आजै नयाँ निर्णय गरेर अगाडी जाने बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस