राष्ट्रपति भण्डारीकाे सुदूरपश्चिम भ्रमण

काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका लागि बैतडी र दार्चुलाका चार वटा पालिकामा बिहीबार बिदा दिइएको छ । पूजाआजा र भवन उद्घाटनका लागि राष्ट्रपति आउने भएपछि बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।

राष्ट्रपति भण्डारीले बिहीबार पाट नगरपालिकामा भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको भवन र छात्रावास उद्घाटन, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

पाटन र दशरथचन्द दुवै नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि राखेका छन् । राष्ट्रपति भण्डारी शुक्रबार बिहान १० बजे डडेलधुराको उग्रतारा मन्दिरको दर्शन गरी १ बजे कञ्चनपुरमा हुने शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

भण्डारी आउँदाे शनिबार काठमाण्डाै फर्किने कार्यक्रम छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विभिन्न ठाउँमा जाँदा बिदा दिने कामको चौतर्फी विरोध हुने गरे पनि यस्तो काम रोकिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले …

प्रतिकृया दिनुहॊस