कुवेतमा चार नेपालीको मृत्यु

कुवेत । कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गएको छ । अरब टाइम्सका अनुसार निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खस्दा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन् । उनीहरुको परिचय भने खुलाइएको छैन ।

समाचारमा ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने क्रममा उनीहरुमाथि बालुवा र ग्राभल खसेको थियो । घटनालगत्तै त्यहाँ २० वटा एम्बुलेन्स तथा जहरा फायर स्टेसन र टेक्निल रेस्क्यु सेन्टरका उद्धारकर्ता पुगेर तत्कालै उद्धारको काम सुरु गरेका थिए ।

घटनास्थलबाट सातजनाको उद्धार गरिएको थियो । जसमा ४ जनाको मृत्यु भएको थियो । अन्य तीन जनालाई तत्कालै जहरा अस्पताल लगिएको छ । उनीहरुको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । थप तीनजनाको खोजी कार्य जारी रहेको छ ।

यता, स्टेट मिनिस्टिर फर हाउसिङ अफेयर्स डा. राना अल फारिसले घटनाबारे एक छानविन समिति गठन गरेर जाँच गर्न निर्देशन दिएकी छन् । उनले यसबारे सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारवाही गरिने बताएकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस