ग्लोबल आइएमई बैंकले गर्यो वित्तीय साक्षरताका लागि साइकल र्याली

काठमाडाैँ । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्याली तथा गोष्ठीको आयोजना गरेको छ। बैंकले सनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार/प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहितको र्याली गरेको हो।

बैंकको कान्तिपथ शाखाबाट सुरु भएको र्याली लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुनस्थित श्री जनउद्धार मा.वि. सम्म आइपुगेर साइकल र्याली सम्पन्न गरिएको थियो। र्यालीमा १५० भन्दा बढीको सहभागीता रहेको थियो।

उक्त समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरतासम्बन्धी मन्तब्य राखेका थिए।

सोही अवसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ।

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक रवि खनाललाई हस्तान्तरण गरेका हुन्। यसैगरी शुक्रबार बैंकको डुम्रे शाखा मार्फत तनहूँ जिल्लाकोे भानु नगरपालिका फुस्रेटारस्थित श्री भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस