सिन्धुलीमा हायस दुर्घटना : चालकको मृत्यु, १२ घाइते

सिन्धुली । सिन्धुलीमा भएकाे सडक दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका २ ढुंग्रेभन्ज्याङमा आइतबार बिहान बा.४ ख ६९६ नं हायस दुर्घटना हुँदा चालक अन्दाजी ४० वर्षका मोहन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १२ जना घाइते भएका छन्। हायस अनियन्त्रित भई बीपी राजमार्गबाट करिब ३० मिटर तल खसेको थियो। झापाबाट काठमाडौं जाँदै गरेको हायस दुर्घटनामा परेकाे हाे। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे छ। उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस