ए डिभिजन लिगः आज आर्मी क्लबले एनआरटीसँग खेल्ने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज(शनिबार) त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) तथा फ्रेन्डस् क्लब र संकटा क्लब भिड्नेछन् ।

एनआरटीविरुद्ध आजको खेल जितेको खण्डमा आर्मी क्लबले अंक तालिकामा दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबसँग ३ अंकको अग्रता लिनेछ । लिगमा ७ खेलबाट आर्मी क्लबको १६ अंक छ । एक खेल बढी खेलेका मच्छिन्द्र क्लब र मनाङ मस्र्याग्दी क्लबको पनि समान १६ अंक रहेको छ ।

हिजोको खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराउँदै मनाङले शिर्ष स्थानको आर्मी क्लबसँग अंक बराबरी गरेको हो । हिजै भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै च्यासल युथ क्लब अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । उसको ८ खेलबाट ९ अंक भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे टिममा ?

काठमाडौं । नेपालले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ …

प्रतिकृया दिनुहॊस