टिपरको ठक्करले दमकमा एकजनाको मृत्यु

दमक । झापाको दमकमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

दमक नगरपालिका-४ स्थित कृष्णमन्दिर चोकमा बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१क  ६४९ नम्बरको टिपरले सडक पार गर्दै गरेकी सोही स्थान बस्ने ६९ वर्षीया तुलसा गौतमलाई ठक्कर दिँदा गौतमको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिक प्रमुख यज्ञराज अधिकारीले जानकारी दिए।

ठक्कर दिने टिपर र टिपर चालक मिक्लाजुङ ९ का कृष्ण श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डान्सबारको पाँचौ तलामा बाहिरबाट ताला लगाएर तास खेलिरहेका १३ जना पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको …

प्रतिकृया दिनुहॊस