सुन्तला खानुका फाइदाहरु

सुन्तलामा पाइने भिटामिन ‘सी’ ले शरीरको प्रतिरोधात्मक क्षमता बढाउनमा धेरै सहयोग पुर्याउँछ ।सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

कोलस्ट्रोल सन्तुलन गर्न सुन्तलामा भएको फाइबरले सहयोग गर्छ ।थकाई लागेको बेला एक गिलास सुन्तलाको जुस खानाले ताजा अनुभव बनाउँछ ।
सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।
दाँत, गिँजा, मृगौला र पिसाब सम्बन्धी रोग कम गर्न सुन्तलाले सघाउँछ । सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउनुका साथै रतन्धोलगायतका समस्या देखिदैनन् । कब्जियतको समस्यामा पनि सुन्तलाको जुस लाभदायक हुन्छ ।
अल्सरको संक्रमणलाई सुन्तलाले कम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड र मधुमेहका रोगीलाई पनि सुन्तलाको सेवन निकै उपायेगी मानिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महिनाभरी नोवेलले दियो स्तन क्यान्सरको उपचारमा सहुलियत

विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा …

प्रतिकृया दिनुहॊस