हिमपातमा बेपत्ता १३ जनाको खोजी गर्न हेलिकोप्टर पठाइँदै

जुम्ला । जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका जुम्ला तिला गाउँपालिका ९ को ढिपुगाउँका १२ जनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ ।  बेपत्ता भएकाहरुको उद्धार गर्न सुर्खेतमा हेलिकोप्टरको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी  दिए।

उनका अनुसार स्थान पत्ता नलागेमा तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर रोकायालाई उद्धार टोलीसँगै सदरमुकामबाट पठाउने तयारी भएको छ । हेलिकोप्टर उडानका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबै प्रक्रिया पूरा गरेको  छ । प्रदेश सरकारका कानुन मन्त्री नरेश भण्डारीका अनुसार सुर्खेतमा भिजिबिलिटी कम भएकाले तत्काल हेलिकोप्टर उडन गर्न सकिएको छैन तर उडानको लागि हेलिकोप्टर तयारी अवस्थामा छ ।

शेरा फूलबारी पाटनमा जडीबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना गएको चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका ९ का वडाध्यक्ष बोहोराले जानकारी दिए । उनका अनुसार सेतक चिनी, भुल्ते लगायतका जडीबुटी सङ्कलन गने भनेर उनीहरु पाटनतर्फ लागेका थिए । बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस